
१८ वैशाख, राजविराज । सप्तरीको बलान बिहुल गाउँपालिकामा नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
घोषणापत्र जारी गर्दै गाउँपालिका अध्यक्षका उम्मेदवार इन्जिनियर नविन झाले घोषणपत्र कार्यान्वयन नभए निर्वाचित भएको तीन वर्षमा पदबाट राजीनामा दिने उदघोष गरे ।
उनले आफूलाई जनताले पालिका अध्यक्षको जिम्मेवारी दिए घोषणापत्रमा उल्लेख गरिएका सबै बुँदा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
गुणस्तरीय शिक्षाका लागि शिक्षकको व्यवस्था, कुल बजेटको २० प्रतिशत थप रकम पालिकाबाट शिक्षामा लगानी गर्ने, जनतालाई सहज स्वास्थ्य सुविधा दिन उच्च रक्तचाप, मधुमेह, थाइरोइड जस्ता रोगको औषधि पालिकाबाट निःशुल्क वितरण गर्ने र प्रत्येक घरधुरीमा स्वास्थ्य बिमाकार्ड जारी गरी तीन⁄तीन महिनामा अनिर्वाय स्वास्थ्य जाँच गराउने उनले बताए ।
आधुनिक खेतीका लागि खेतमा विद्युत सहितको सिंचाइ पुर्याउने र सरकारी जग्गमा भूमिहीनका लागि नमुना बस्ती बनाउने उद्घोष गरे ।
प्रतिक्रिया 4