२१ वैशाख, काठमाडौं । नेपालले तेस्रो टी२० खेलमा जिम्बावे ए टिमलाई ८ विकेटले हराउँदै तीन खेलको शृंखला १-१ को बराबरीमा सकायो ।
यस जितपछि नेपालले पहिलो खेलमा बेहोरेको हारको बदलासमेत लिएको छ । दोस्रो खृल भने वर्षाकोकारण रद्द भएको थियो ।
टस जितेर फिल्डिङ गरेको नेपालले उत्कृष्ट बलिङ गर्दै जिम्बावे ‘ए’लाई १३६ रनमा रोकेको थियो ।
जवाफमा ओपनर आसिफ शेखले अविजित ८७ रन प्रहार गर्दा नेपालले १५.५ ओभरमा १३८ रन बनाएर लक्ष्य पूरा गरेको हो। आसिफले ५४ बल खेल्दै १३ चौका र १ छक्का प्रहार गरे ।
कुशल भुर्तेलले ३४ र बसिर अहमदले १० रन जोडे । अर्को महिना अमेरिकामा हुने लिग टूको तयारीका लागि नेपालले जिम्बावेसँग खेलेको हो ।
टी२० शृंखलापछि नेपाल र जिम्बावेबीचको तीन खेलको एकदिवसीय शृंखला शुक्रबार सुरु हुनेछ ।
हेर्नुस् तस्वीरहरु :
प्रतिक्रिया 4