
२२ वैशाख, सप्तरी । छिन्नमस्ता गाउँपालिका-१ बिरपुरस्थित सडकमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
तिलाठीबाट राजविराजतर्फ जाँदै गरेको को१७प ८५६५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री तिलाठी कैलालीका ३५ वर्षीय सतिस यादवको बुधबार राति मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका यादवको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालकसमेत घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4