+
+

भरतपुरको सभास्थलमा जमेको पानी पम्पले तानेर फालियो, डोजर लगाएर सम्याइयो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १३:०२

२२ वैशाख, काठमाडौं । सत्ता गठबन्धनले चितवनमा संयुक्त सभा गर्ने स्थानमा जमेको पानी पम्पले तानेर फालिएको छ । सो स्थानमा डोजर लगाएर पनि पानी निकासको व्यवस्था मिलाइएको छ । खाल्डाखुल्डी परेका स्थानलाई सम्माइएको छ ।

गएराति परेको पानीले सभास्थल केन्द्रीय बस टर्मिनल जलमग्न भएको थियो ।

नेकपा माओवादी केन्द्र चितवनका नेता आरसी अधिकारीले ६ लेन सडक विस्तारको काम भइरहेकाले केही स्थानमा पानीको निकास रोकिंदा बस टर्मिनलको क्षेत्र जलमग्न भएको तर अहिले निकास गराएर सभाको तयारी भइरहेको बताए । बिहानैदेखि सत्ता गठबन्धनका दलका कार्यकर्ताहरु पानी फाल्ने र मञ्च बनाउने तयारीमा जुटेका थिए ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा हिजो नै चितवनको भरतपुर आएर बसेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि चितवन आइपुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?