
काठमाडौं । ‘पशुपति प्रसाद’ फेम्ड दीपेन्द्र के खनालले निर्देशन गर्ने फिल्म ‘के घर के डेरा’को छायांकन जेठ २ गतेदेखि सुरु हुने भएको छ । शुक्रबार स्वयम्भूमा सोसल ड्रामा फिल्मको शुभमुहूर्त गरिएको हो ।
कोरोना महामारीले छायांकन प्रभावित भएको फिल्म दुई वर्षपछि अन्ततः फ्लोरमा जान लागेको हो । निर्देशक र कलाकारमा व्यापक हेरेफेर गर्दै फिल्मको सुटिङ सुरु हुन लागेको हो ।
दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, रविन्द्र झा, वर्षा राउत र लक्ष्मी गिरीको मुख्य भूमिका रहने फिल्मको निर्माता शरद् श्रेष्ठ हुन् । फिल्मले झण्डै ४० लाख जनसंख्या रहेको काठमाडौंमा घर हुने र घर नहुनेबीचको असमान जीवनशैलीको कथा भन्छ ।
महेश दवाडीको पटकथा र सिंगे लामाको कथा रहेको फिल्मलाई ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4