२४ वैशाख, काठमाडौं । त्रिभुवन आर्मी क्लब आरबीबी एनभीए राष्ट्रिय क्लब लिग भलिबलमा पुरुष र महिला दुवैतर्फ च्याम्पियन बनेकाे छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएका निर्णायक खेलमा आर्मीकाे पुरुष टाेलीले टिपटप हेल्प नेपाल स्पाेर्ट्स क्लबलाई हराउँदा महिला टाेलीले अर्काे विभागीय टाेली नेपाल पुलिस क्लबलाई पराजित गर्यो ।
हेल्प नेपालमाथि ३-१ काे सेटमा विजय पाएकाे आर्मी लिगमा अपराजित रह्याे । राष्ट्रिय टिमका अधिकांश खेलाडी रहेकाे आर्मीले सात टिम सहभागी लिगमा १८ अंक जाेडेकाे हाे ।
सुरुवाती २ सेट २५-१३ र २५-१८ ले जितेकाे आर्मीले तेस्राे सेट २८-२६ ले गुमायाे । तर चाैथाे सेटमा २८-२६ काे जितसहित उपाधि जितेकाे हाे ।
शनिबारै अर्काे खेलमा एपीएफलाई ३-२ काे सेटमा हराउँदै नेपाल पुलिस लिगमा तेस्राे भयाे ।
महिलातर्फ पुलिसलाई ३-० काे साेझाे सेटमा पराजित गरी आर्मीले पहिलाेपल्ट राष्ट्रिय क्लब लिगकाे उपाधि जितेकाे हाे । आर्मीले पुलिसमाथि २५-१८, २५-२३ र २५-२० काे सेटमा जित निकालेकाे हाे ।
महिला र पुरुष दुवैतर्फकाे उपाधि विजेताले ६ लाख, उपविजेताले ३ लाख र तेस्राे हुने टिमले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए । एक सातासम्म चलेकाे प्रतियाेगितामा पुरुषतर्फ ७ र महिलातर्फ ५ टिमकाे सहभागिता थियो ।
प्रतिक्रिया 4