+
+

कांग्रेस एमालेसँग सहकार्य गर्ने सोच्नु पनि अपराध ठान्छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते ११:५४

२५ वैशाख, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस जनतामाथि विश्वास नगर्ने दल भएको आरोप लगाएका छन् । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले प्रमुख सत्तारुढ नेपाली कांग्रेसको चर्को आलोचना गरेका छन् ।

‘कांग्रेस एमालेसँग कहिल्यै सहकार्य गर्न चाहँदैन । यस्तो सोच्नु पनि अपराध ठान्छ,’ उनले भने, ‘उसले राणा शाहीसँग सहकार्य गरेको इतिहास छ । नेपाली कांग्रेसले निरंकुश राजतन्त्रसँग आफ्नो घाँटी जोडिएको घोषणा गरेको सर्वविदितै छ । कांग्रेसको नीति र अकर्मण्यताका कारण सशस्त्र द्वन्द्वका लागि मार्ग प्रसस्त भएको यथार्थ हो । कांग्रेसले नै जनताको सत्ता राजालाई बुझाएको धेरै भएको छैन ।’

उनले अहिले पनि दक्षिणपन्थी, वामपन्थी अतिवाद र अवसरवादीहरूसँग घाँटी जोडेर कांग्रेसले गठबन्धन सरकार चलाएको बताए । ‘ऊ जनादेशमा विश्वास गर्दैन । सकेसम्म मुद्दा मामिला, छलकपट, षडयन्त्र र मिलावटबाटै सत्ता भोग गर्न चाहन्छ,’ उनले भने, ‘आफूलाई लोकतान्त्रिक शक्ति भन्दै लोकतन्त्रको चरम उपहास गर्दा पनि उसलाई लज्जाबोध हुँदैन, ऊ जनतामाथि विश्वास गर्दैन ।’

देशको समृद्धि विकासलाई कांग्रेस उल्टो सपना र कोरा गफ भन्ठान्ने भन्दै उनले उसका लागि सुल्टो भनेको परिवार, नातेदार, गुट र अवसरवादीको हित र सदभाव मात्रै रहेको बताए । कांग्रेस देशलाई गरिबी विपन्नता, अभाव लघुताभाष र अनिश्चयको दुश्चक्रमा राखेर जनतामाथि शासन गर्न चाहेको आरोप ओलीले लगाए ।

‘देशको समृद्धि विकासलाई कांग्रेस उल्टो सपना र कोरा गफ भन्छ । ठीकै पनि हो, उसका लागि त झूट सुल्टो भनेको परिवार नातेदार गुट र अवसरवादीको हित र सद्भाव नै हो । कांग्रेस देशलाई गरिबी विपन्नता, अभाव लघुताभाष र अनिश्चयको दुश्चक्रमा राखेर जनतामाथि शासन गर्न चाहन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?