+
+

बिरालो किन्ने क्षमता कांग्रेसको भन्दा हाम्रो बढी छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १२:०२

२५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष शर्मा ओलीले आफूले चाहे गठबन्धन भत्काउन ७ दिन पनि नलाग्ने बताएका छन् । पार्टी कार्यालय, च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘हामीले चाह्यौं भने यो एक हप्तामा त ढल्छ, ढल्छ ।’

कसरी भन्ने प्रश्नमा उनेल भने, ‘केही भन्नै परेन नि ! विरालो किन्नु पर्दैन भन्ने तपाईंलाई थाहा छैन ? जसले ठूलो कचौरामा दूधभात दिन्छ, उस कहाँ जान्छ । त्यसको कुनै सवाल जवाफ छ ?’

माओवादीलाई कांग्रेसले भन्दा राम्रो प्रस्ताव गर्नुहुन्छ ? भन्ने प्रतिप्रश्नमा उनले भने, ‘विरालोको हकमा हाम्रो क्रयशक्ति कांग्रेसको भन्दा बढी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?