
२५ वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १८ दशमलव १८ अंकले बढेर २ हजार २ सय ५६ दशमलव ५७ अंकमा पुगेको छ ।
पछिल्लो समय लगातार जसो घटिरहेको बजार आइतबार पनि कारोबारको अधिकांश समय नकरात्मक देखिएको थियो । अन्तमा बजार बन्द हुँदा दोहोरो अंकले बढेको हो । नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने सुधार देखिएको छैन ।
दिनभर भएका २७ हजार २२९ कारोबारबाट २३३ कम्पनीका ३३ लाख ४१ हजार २१४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७२ रुपैयाँमा रोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4