
२५ वैशाख, चितवन । भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार विजय सुवेदीले आफू निर्वाचित भए सबैभन्दा पहिले भारत भ्रमणमा जाने र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भेट्ने बताएका छन् ।
आइतबार भरतपुरमा नेकपा एमालेले आयोजना गरेको आमसभामा बोल्दै उनले निर्वाचित भएपछि सबैभन्दा पहिले भारत भ्रमणमा जाने बताए ।
‘म नगर प्रमुखमा निर्वाचित भएपछि सबैभन्दा पहिले भारत भ्रमणमा जान्छु । त्यहाँ गएर केजरीवाल भेट्न चाहन्छुु, नितिन गड्करीलाई भेट्न चाहन्छु’ उनले भने, ‘उहाँहरुले गरेको राम्रो काम सिक्छु, र उहाँलाई पनि ल्याउँछु ।’
उनले आफू चीन र अरु देशको पनि भ्रमणमा जाने र सबै देशको स्रोत साधन ल्याएर भरतपुर महानगरपालिकाको विकासमा लगाउने बताए ।
उम्मेदवार सुवेदीले मेयरमा निर्वाचित भए नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपालगायत सबै पार्टीसँग सहकार्य गर्ने पनि बताए ।
उनले भरतपुरमा एक वर्षमा ४ लाख विरुवा रोप्ने, प्लास्टिकमुक्त बनाउने, ढल प्रशोधन गरेर सफा पानी मात्र नदीमा मिसाउने योजना सुनाए ।
प्रतिक्रिया 4