+
+

प्रचण्ड र आरजुको अभिव्यक्तिमा कांग्रेसको स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १२:३२

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य डा. आरजु राणा र  माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिमा स्पष्टीकरण दिएको छ ।

पार्टीले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले आरजुको अभिव्यक्तिमा स्पष्टीकरण दिंदै भने, ‘कांग्रेसले जित्यो भने बजेट सुनिश्चित हुन्छ भन्नुभएको हो । तपाईंहरुको विकास सुनिश्चित गर्नुभएको होला । अहिले बोलेको अलिकति टिपेर हाल्ने प्रचलन छ ।’

दोस्रो दर्जाको सरकार जसरी कांग्रेसले जितेको ठाउँमा बजेट विनियोजन गर्ने काम पूर्व सरकारले गरेको आरोप लगाउँदै उनले कांग्रेसले भेदभाव नगर्ने बताए ।

प्रधानमन्त्री पत्नी आरजुले डडेलधुरामा आयोजित एक कार्यक्रममा आफ्नो पार्टीले नजितेको ठाउँमा बजेट पठाउँदैनौं भनेको भिडियो भाइरल भएको थियो ।

प्रचण्डको पनि बचाउ

कांग्रेस प्रवक्ता महतले चितवनको भरतपुरमा सत्ता गठबन्धनले गरेको संयुक्त चुनावी सभामा बोल्ने क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दिएको अभिव्यक्तिको पनि बचाउ गरे ।

सभामा प्रचण्डले धम्की नदिएको उनले बताए । गठबन्धन टुटेर एमालेकै सरकार आएमा अवस्था खराब हुने आशयमा प्रचण्डले विचार व्यक्त गरेको महतले बताए । ‘ओलीको सरकार आएर खराब हुन्छ भन्न त मिल्छ नि । त्यो सोच्नुस् भन्नुभएको हो ।’

भरतपुरको सभालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनलाई मत नदिए देश दुर्घटनामा पर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?