
अभिनेता राजेश हमाल । फाइल तस्वीर
काठमाडौं । अभिनेता राजेश हमाल अब सक्रिय रुपमै फिल्म अभिनयमा कमब्याकको तयारीमा छन् । उनलाई फिल्म प्रस्ताव गर्नेको ओइरो त छ नै, हिजोआज केही चुजी समेत हुन थालेका छन् ।
गत शनिबार हमाल नयाँ फिल्म ‘मायाको माया’मा अनुबन्धित भए । यो फिल्मको मुख्य भूमिकामा यसअघि नै आना शर्मा र अनुपविक्रम शाही अनुबन्धित भइसकेका छन् ।
फिल्ममा हमालको समेत मुख्य भूमिका हुने जनाइएको छ । रोहितकरण वैद्यले निर्देशन गर्न लागेको फिल्मको दुई साताअघि ललितपुरस्थित कार्यविनायक मन्दिरमा मुहूर्त गरिएको थियो ।
वैशाख ३० गते हुने स्थानीय चुनावपछि छायांकन सुरु हुन लागेको फिल्मबारे थप खुलाइएको छैन । सुरुमा सौगात मल्ललाई अप्रोच गरिए पनि अन्ततः हमाल नै निश्चित भएको निकट स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4