
२६ वैशाख, धनगढी । धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मदनकृष्ण भट्टले सत्ता गठबन्धनका उम्मेदवार नृपबहादुर वडलाई समर्थन गरेका छन् ।
आफूले उठाएका विभिन्न ८ वटा एजेन्डा सम्बोधन गर्न गठबन्धनका साझा उम्मेदवार कांग्रेसका वड सहमत भएको भन्दै भट्टले उनलाई समर्थन गरेको प्रेस विज्ञप्ती जारी गरेर जनाएका छन् ।
नगर प्रमुखमा उम्मेदवारी दिएका मध्ये वड सबभन्दा उत्कृष्ट एवंम् नगरबासीका माग सम्बोधन गर्न सक्ने उम्मेदवार भएकाले उनलाई समर्थन गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
भट्टले उपमहानगरपालिकाका माध्यमिक तहका विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने, विशेष प्राथमिकता दिएर स्वास्थ्य समस्या समाधान गर्ने, डुवानको समस्या समाधान गर्ने, ‘भ्रष्टाचारमुक्त धनगढी’ अभियानको रुपमा कार्यान्वयन गर्नेलगायतका मुद्दा सम्बोधन गर्ने सहमती भएको बताएका छन् ।
प्रतिक्रिया 4