२६ बैशाख, काठमाडौं । जिम्बावे ‘ए’विरुद्धको एकदिवसीय श्रृखंलामा नेपाली बलर करण केसी प्लेअर अफ दी सिरिज बनेका छन् । तीनवटै खेलमा स्थिर प्रदर्शन गरेका करण केसी श्रृखंलाकै उत्कृष्ट खेलाडी घोषित भए ।
उनले तीन खेलमा कूल ६ विकेट लिएका थिए । यस्तै पहिलो खेलमा मात्र ब्याटिङ गरेका उनले २५ रन बनाएका थिए ।
‘प्लेअर अफ दि सिरिज’ घोषित भएपछि करणले यो विशेष रहेको बताए । ‘यो विशेष क्षण हो । श्रृखंला जित्नु राम्रो हो । जिम्बावेले राम्रो खेलेको हो । हाम्रो टिमले पनि राम्रो खेल्यो ।’
अन्तिम खेलमा ५ विकेट लिएका किशोर महतो खेलको प्लेयर अफ दी म्याच घोषित भए ।
खेलपछि ब्रोडकास्टसँग कुरा गर्द नेपालका कप्तान सन्दीप लामिछानले किशोरको प्रशंसा गरे । ‘किशोर महतोले राम्रो प्रदर्शन गरे । टिमको लागि र उनको भविष्यको लागि पनि राम्रो रह्यो ।’
प्रतिक्रिया 4