
२७ वैशाख, काठमाडौं। काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले नयाँ वसपार्क लथालिङ बनाउने कार्य केशव स्थापितले बनाएको आरोप लगाइएकी छन् ।
सरकारी जग्गामा आँखा लगाउन फेरि पनि मेयर बन्ने खोजेको उनले स्थापितलाई आरोप लगाइन् ।४५ वर्ष निजी संस्थालाई दिएर लथालिङ बनाएको खड्गीले बताइन् ।
असनमा आयोजित सभामा उनले भनिन् ‘कंक्रिटको रानीपोखरी बनाउन लागेका थिए । स्वीमिङ पुल बनाउन लागेका थिए ।तर मैले कंक्रिटको रानीपोखरी बनाउन दिइनँ ।’
गठबन्धनले बनाएको मेयरको उम्मेदवार सिर्जना सिंहको प्रशंसा गर्दै उनले ३५ वर्षसम्म संगत गर्दा सिंहमा शालिनता उस्तै पाएको बताइन् ।
‘जितेर गएपछि दम्भ देखाउनुहुन्न । काठमाडौलाई सम्हाल्छु भनेर आउनुभएको छ । साथ दिनुहोला ।’ खड्गीले भनिन् ।
गुठी विरोधी एमालेको स्मरण गर्न उनले सुझाइन् । उनले भनिन्, ‘ काठमाडौंमा गुठी विरोधी विधेयक सम्झिए पुग्छ।’
प्रतिक्रिया 4