
२७ वैशाख, काठमाडौं । ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनका दिन काठमाडौंबाट लुक्ला जान टिकट काटेका विदेशी पर्यटकलाई उडान सेवा दिइने भएको छ ।
समिट एयरले मंगलबार एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो । कम्पनीले टिकट जारी भएका एजेन्टहरुले पर्यटकलाई विमानस्थलसम्म लैजाने व्यवस्था मिलाएर सहजीकरण गर्न समेत आग्रह गरेको छ ।
यस दिन उद्धार उडान र सरकारले तोकेका उडानहरुबाहेक अन्य नियमित आन्तरिक उडान भने गर्न हुने छैनन् । वायुसेवा संचालक संघले यसबारे यात्रुलाई सूचित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4