
काठमाडौं । रणवीर सिंह स्टारर कमेडी फिल्म ‘सर्कस’को रिलिज मिति घोषणा गरिएको छ । रोहित सेट्टीले निर्देशन गरेको यो फिल्म आगामी डिसेम्बर २३ क्रिसमसको दिन पारेर रिलिज हुने भएको छ ।
यसअघि छायांकन सकिएको फिल्ममा रणवीर दोहोरो भूमिकामा देखिनेछन् । ‘सर्कस’मा रणवीरका अलावा पूजा हेगडे, ज्याकलिन फर्नान्डिज, वरुण शर्मा लगायतको मुख्य भूमिका रहेको छ ।
रणवीर सिंहको यसअघि क्रिकेटरको जीवनीमा आधारित फिल्म ‘८३’ प्रदर्शनमा आएको थियो । दीपिका पादुकोणको समेत अभिनय रहेको फिल्मले बक्स अफिसमा उत्कृष्ट व्यापार गर्न सकेको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4