+
+

यात्रु नलिई गएको भन्दै तारा एयरलाई कारवाही गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १९:५४

२७ वैशाख, जुम्ला । नेपालगञ्जदेखि जुम्ला आएको तारा एयरको जहाजले यात्रुलाई नेपालगञ्जमै छुटाएको गुनासो आएपछि स्थानीय प्रशासनले कारवाहीको लागि सिफारिस गरेको छ ।

जुम्ला चन्दननाथ नगरपालिका–७ का गोविन्दबहादुर महतले आफूले तारा एयरको ईटिकट काटेर विमानस्थलमा पुगेको तर जहाज समय अगावै जुम्ला उडाएका कारण आफू छुटेको भन्दै कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालयले तारा एयरलाई कारवाही गर्न नागरिक उड्यन प्राधिकरण नेपालगञ्जलाई पत्रचार गरेको छ ।

महतले आफू काठमाडौंबाट नेपालगञ्ज आएको, जुम्लाका लागि ईटिकट काटेर वोडिङ समेत गरिसकेपछि छुटाएको भन्दै जाँचबुझ गर्न माग गरेका थिए ।

‘टिकटमा एक बजेको समय दिएको छ तर अगाबै जहाज उडाउँदा समस्या भयो’ महतले भने । आफु समय अगावै विमानस्थलमा जादा उल्टै कर्मचारीबाट सहयोग नपाएको उनले बताए ।

नेपालगञ्ज यति एयरलाइन्सका स्टेशन म्यानेजर दिलिप कार्कीले मौसमका कारण जहाज केही चाँडै उडाइएको बताए । महत भने बोडिङ गरेर बाहिर गएकाले छुटेको उनको भनाइ छ ।

हेर्नुहोस् निवेदन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?