
२८ वैशाख, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
काठमाडौंको टोखा नगरपालिका-२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको मनमैजुबाट पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले २०७८ साल चैत २५ गते बैंकिङ कसूर मुद्दामा दोषी ठकर गर्दै ३ दिन कैद र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
उनले पीडीतलाई आफ्नो खातामा पर्याप्त रकम नहुँदाहुँदै जानी जानी झुक्यानमा पारेको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यरोले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4