
२८ वैशाख, काठमाडौं । रिभर फल्स पावर लिमिटेडको साधारण सेयर (आईपीओ) निष्काशन खुला भएको छ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण सेयरका लागि बुधबारदेखि आवेदन खुला भएको हो ।
जारी हुने सेयर मध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
निष्काशन बन्द छिटोमा ४ जेठ हुनेछ भने ढिलोमा ११ जेठमा हुनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओका लागि न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4