
काठमाडौं । स्थानीय चुनावलाई कारण देखाउँदै पूजा शर्मा र आकाश श्रेष्ठ स्टारर फिल्म ‘सम्झना बिर्सना’ले पूर्वनिर्धारित प्रदर्शन स्थगन गरेको छ ।
निमेष प्रधान निर्देशित फिल्म जेठ ६ गतेदेखि रिलिजको तयारीमा थियो । निर्माता आदित्य प्रधानका अनुसार चुनावको छेकोमा फिल्म ओझेलमा पर्न सक्ने कारणले प्रदर्शन स्थगित गरिएको हो ।
यसअघि फिल्मले प्रचारप्रसारलाई तीव्र बनाएको थियो । फिल्मको नयाँ रिलिज मिति चाँडै घोषणा हुने निर्माता प्रधानले अनलाइनखबरलाई जानकारी दिए । अभिनेत्री पूजाले पनि सामाजिक सञ्जालमार्फत फिल्म स्थगनबारे जानकारी दिएकी छन् ।
मुलुक यतिबेला आगामी शुक्रबार हुने स्थानीय निकायको चुनावमा होमिएको छ । फिल्म हलहरु पनि बिहीबार आंशिक बन्द र शुक्रबार पूर्ण रुपमा बन्द हुने तयारीमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4