
काठमाडौं । दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘हनी बनी’मा भारतीय मोडल तथा अभिनेता अभिमन्यु तोमार अनुबन्धित भएका छन् ।
अनमोल केसीले छाडेपछि उनको ठाउँमा बलिउड मोडललाई लिइएको निर्देशक भट्टराईले जानकारी दिए । चर्चित बलिउड गीत ‘याद पिया के आने लगी’मा फिचर्ड भएका तोमारले ए-लिस्टर हिन्दी भिडियोमा समेत काम गरेका छन् ।
सन् २०१९ को चर्चित उक्त गीतबाट तोमारले अभिनय करिअर थालेका थिए । २७ वर्षीय अभिनेता तोमार दिल्लीमा जन्मिएका हुन् । अध्ययन, घुमघाम र पौडी उनका रुचिका विषय हुन् ।
सन् २००९ मा पहिलोपटक इमेजबजारमा फोटोसुट गर्दै उनले मोडलिङ करिअर थालेका थिए । उनले धेरै फेसन डिजाइनरसँग मिलेर र्याम्प वाक समेत गरेका छन् । स्प्राइट, गात्सबी र सुजुकी ब्राण्डमा पनि उनले काम गरेका छन् ।
फिल्म ‘हनी बनी’मा तोमारले नेपाली अभिनेत्री जसिता गुरुङसँग अनस्क्रिन रोमान्स गर्नेछन् । फिल्ममा सलोन बस्नेतको समेत मुख्य भूमिका हुनेछ । आउँदो सातादेखि सुरु हुने छायांकनका लागि निर्देशक भट्टराई र सलोन लण्डन पुगेका छन् भने जसिता त्यहीं छिन् ।
अभिमन्यु तोमारले अभिनय गरेको गीत
प्रतिक्रिया 4