
२८ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशभरका निजी क्षेत्रका उद्योग र प्रतिष्ठानमा कार्यरत श्रमिक कर्मचारीलाई मतदानमा सहभागी हुन अनुरोध गरेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले श्रमिक र कर्मचारीलाई मतदानमा सहभागी हुने वातावरण मिलाउन उद्योगी र सञ्चालकलाई अनुरोध समेत गरेको छ ।
निर्वाचनका दिनमा सरकारले सार्वजनिक बिदा दिएको स्मरण गराउँदै महासंघले भनेको छ ‘निजी उद्योग र प्रतिष्ठानमा काम गर्ने श्रमिक र कर्मचारीलाई पनि निवार्मचनमा सहभागी हुने व्यवस्था मिलाउन महासंघ अनरोध गर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4