
२९ वैशाख, दाङ । दाङमा बिहीबार परेको पानीले तुलसीपुरको मतदान केन्द्र हिलाम्मे भएपछि अर्को ठाउँमा स्थान्तरण गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका-५ स्थित अरनिको मैदानमा रहेको निर्वाचन केन्द्र पानी परेर हिलाम्य भएपछि नजिकै रहेको तुलसी बोर्डिङ स्कुलमा सारिएको हो ।
खुला मैदानमा पाल लगाएर तयार गरिएको मतदान केन्द्र निरन्तर वर्षाका कारण हिलाम्मे बनेपछि अर्को ठाउँमा सारेको तुलसीपुर उपमहानगरपालिकाका मतदान अधिकृत राजेश्वर अर्यालले बताए । सर्वदलीय बैठकपछि मतदान केन्द्र स्थानान्तरण गरिएको अर्यालको भनाइ छ । विगतको निर्वाचनमा अरनिको मैदानमा मतदान हुँदै आएको थियो ।
‘बर्षाका कारण मतदान केन्द्र हिलाम्मे बनेपछि नजिकैको स्कुलमा सार्नु पर्नेभयो’, उनले भने, ‘बर्षा भए मतदान प्रभावित हुने देखिएपछि मतदान केन्द्र नजिकैको स्कुलमा सारिएको छ ।’
दाङमा मतदानस्थल १ सय ५३ र मतदान केन्द्र ४ सय ६१ तोकिएको छ ।
प्रतिक्रिया 4