
३० वैशाख, मुगु । मुगुको खत्याड गाउँपालिकामा ९७ वर्षका मतदाताले मत हालेका छन् ।
खत्याड गाउँपालिका वडा नं. ८ का भुवासिंह थापाले सरस्वती आधारभुत विद्यालय आमगाउँ मतदात केन्द्रबाट मतदान गरेका हुन् । थाम्लेक गाउँमा बस्दै आएका उनी १ घन्टा पैदल हिँडेर मतदानका लागि आमगाउँ पुगेका थिए ।
‘राम्रो प्रधान-उपप्रधान चुन्नलाई आएको हुँ,’ मतदान गरेपछि उनले भने । थापाले आफूले अहिलेसम्मका सबै चुनावमा मतदान गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4