
३० वैशाख, काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आफू विरुद्ध राजनीतिक दलहरुले बिहीबार रातभरि षड्यन्त्र भएको आरोप लगाएका छन् ।
शुक्रबार विहान मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘मेरो विरुद्ध भरतपुरमा रातभरि षड्यन्त्र भयो, पैसा बाँड्नेदेखि मतदाताहरुलाई प्रभावित गर्ने कामसम्म भयो । राजनीतिक दलहरुले सत्ता र शक्तीको दुरुपयोग गरिरहँदा निर्वाचन आयोग मौन बस्नु एकदम धेरै पक्षपातपूर्ण देखिएको छ ।’
राजनीतिक दलहरुले आयोगसँगको वैठकमा सबै नियम पालना गर्छु भनेर हस्ताक्षर गरे पनि व्यवहारमा नैतिकता शून्य देखिएको पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4