
३० वैशाख, गोरखा । गण्डकी गाउँपालिका-७ घ्याल्चोकको ज्ञानमार्ग माविको मतदान केन्द्रमा तनाव भएपछि प्रहरीले हवाई फायर गरेको छ । मत खसाल्ने क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच हात हालाहाल भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।
ज्ञानमार्ग माविको मतदान केन्द्र ‘ख’मा कांग्रेस र माओवादी कार्यकर्ताले मतदानस्थलको बार पनि भत्काएका छन् । विवादका कारण केही समय मतदान प्रक्रिया पनि स्थगित भएको ‘क’ मतदान केन्द्रका सहायक निर्वाचन अधिकृत विमल रेग्मीले बताए ।
‘उनीहरुले मतदान केन्द्रको बार भत्काए, कर्मचारीहरुले ब्यालेट बक्स कोठाभित्र लुकाउनुभयो,’ उनले भने, ‘सर्वदलीय बैठक बसेर अहिले मतदान पुनः सुरु भइसक्यो ।’ सो मतदान केन्द्रमा अहिले नेपाली सेनासहित थप सुरक्षाटोली खटाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4