
३० वैशाख, सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ ।
गाउँपालिकाको वडा नम्बर-२ स्थित पशुसेवा मतदान स्थलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।
यो मतदानस्थलमा अहिलेसम्म निर्वाचन सुरु हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी गौतमले नेपाल तथा सशस्त्र प्रहरीलाई यहाँ तैनाथ गरिएको र नेपाली सेनाको हवाई गस्ती समेत आइसकेकाले केही बेरमा निर्वाचन सुरु हुने जानकारी दिए ।
धनकौलमा मतदान केन्द्र राख्ने विषयमा विवाद रहेको छ । सोही विषयलाई लिएर मतदान स्थलमा असन्तुष्ट पक्षले ढुंगामुढा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4