
३० वैशाख, रोल्पा । रोल्पाको लुङ्ग्री ४ मा केहीबेर मतदान रोकिएको छ । दलका प्रतिनिधिहरुबीच सुरु भएको विवादले स्थिति असामान्य भएपछि केहीबेर मतदान रोकिएको हो ।
अहिले भने सर्वदलीय बैठकपछि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत धृता कुमारी खत्रीले जानकारी दिइन् ।
गएराति रोल्पाको थवाङमा माओवादी केन्द्र र एमाले–कांग्रेस गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएपछि सम्पर्कविहीन भएका दुई जना अझै सम्पर्कमा आएका छैनन् ।
जिल्लाका अन्य स्थानमा भने मतदान शान्तिपूर्ण रुपमा भइरहेको जिल्ला प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4