
३० वैशाख, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले भरतपुरमा एमाले नै विजयी हुने दाबी गरेका छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हार समेत स्वीकार गरिसकेको जिकिर गरे ।
शुक्रबार गृहनगर भरतपुरको नारायणी उच्च मावि केन्द्रबाट मतदान गरिसकेपछि सञ्चारकर्मीसँगको कुराकानीमा बादलले भने, ‘सूर्य चिन्हले जित्छ भन्ने अस्तिको भेलाबाट थाहा भइसकेको छ । प्रचण्डले त आज बिहान पनि हारजित स्वभाविक भन्दै बोलिसकेका छन् । यसबाट नै थाहा हुन्छ नि प्रचण्डको स्वीकारोक्ति ।’
एमालेले भरतपुर महानगरपालिकामा विजय सुवेदीलाई उठाएको छ भने गठबन्धनको तर्फबाट प्रचण्डकी छोरी समेत रहेकी माओवादी केन्द्रकी नेतृ रेनु दाहाल उम्मेदवार छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4