+
+

वीरगञ्जमा जसपाको सम्पर्क कार्यालयबाट छाता बरामद, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १२:५८

३० वैशाख, वीरगञ्ज । प्रहरीले वीरगञ्ज महानगरपालिका-१० बालमन्दिरस्थित मतदान स्थल बाहिर जनता समाजवादी पार्टी(जसपा) को सम्पर्क कार्यालयबाट छाता बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले मतदानस्थल बाहिर जनता समाजवादी पार्टीले खोलेको सम्पर्क कार्यालयबाट १०० भन्दाीबढी छाता बरामद गरिएको बताए ।

प्रहरी पवक्ता खनालका अनुसार वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक बिशाल मल्ल नेतृत्वको टोलीले जसपाको सम्पर्क कार्यालयभित्र पसेर छाता बरामद गरेको हो

बालमन्दिर परिसरमा मतदान स्थलको फोटो भिडियो खिच्ने शिव श्रेष्ठ भन्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?