
३० वैशाख, धनकुटा । धनकुटा नगरपालिका वडा नं. ३ मा किरियापुत्रीले मतदान गरेका छन् ।
धनकुटा नगरपालिका वडा नं. ३ का वडाअध्यक्षका उम्मेदवार समेत रहेका विकास घिमिरेसहितले भाषा मावि मतदान स्थलमा पुगेर मतदान गरेका हुन् ।
घिमिरेका बुबा हर्क घिमिरेको काजकिरियामा रहेका वडाअध्यक्षका उम्मेदवार घिमिरे, उनका दाजु विजय घिमिरेलगायत ५ जनाले स्थानीय तहको जनप्रतिनिधि चुन्न मतदान गरेका हुन् ।
धनकुटा नगरपालिका वडा नंं. ३ का निवर्तमान वडाध्यक्ष रहेका घिमिरे हाल सत्ता गठबन्धनबाट फेरि वडाअध्यक्षका उम्मेदवार बनेका छन् । घिमिरेका बुबा हर्कको २ दिन अगाडि निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4