
३० वैशाख, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका-१ स्थित मालिका मावि मतदान केन्द्रमा झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् ।
इच्छ्याएको व्यक्तिको नाममा भोट कसले हाल्ने भन्ने विषयमा विवाद चर्किएपछि कांग्रेस-माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो ।
खार्पुनाथामा एमालेलाई नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको छ ।
झडप भएसँगै मतदान प्रक्रिया रोकिएको छ । ४६० मत खसिसकेको छ भने ४०० मत खस्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4