
बागलुङको बागलुङ नगरपालिका वडानम्बर १ की उमा बोहोराको श्रीमानसँग ससुराको किरिया बसेकी छन् । उनका ससुराको निधन भएको ९ दिन भयो ।
यस्तो अवस्थामा पनि छोराछोरी र देशलाई राम्रो होला भनेर भोट हाल्न मतदान केन्द्रमा आएको उनले बताइन् ।
नगरपालिकाकै वडानम्बर १ को रामरेखा आधारभूत विद्यालयमा मतदान गर्ने क्रममा भेटिएकी बोहोराले भनिन्, ‘ ससुरा बितेको ९ दिन भयो । मतदान गर्न भनेर आइयो । नेताले राम्रो गर्लान, हाम्रा छोराछोरीलाई राम्रो होला, देशलाई राम्रो होला भनेर यस्तो बेलामा पनि उपस्थित भइयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4