
३० वैशाख, प्यूठान। प्यूठानमा १०४ वर्षीया एक वृद्धाले मतदान गरेकी छन । प्यूठान नगरपालिका-३ मन्द्रेचौर निवासी दुर्मती पुन मगरले शुक्रबार जनक प्रावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।
दुर्मतीले छोरा तोनिराम पुन मगरको सहयोगमा लौरो टेक्दै मतदान केन्द्रसम्म आइपुगेकी थिइन् ।
मतदानपछि उनले अब आउने चुनावमा पनि मतदान गर्ने इच्छा रहेको सुनाइन । उनले भनिन,’ यो उमेरमा पनि भोट हाल्न पाएँ, भाग्यमानी हुँ जस्तो लागेको छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4