
३० वैशाख, काभ्रे । काभ्रेको चौंरीदेउराली गाउँपालिका-६ स्थित प्रभा मावि केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ ।
मतदान अधिकृतले इच्छाइएको व्यक्तिले भनेको भन्दा फरक पार्टीमा मत हालेको भन्दै विवाद सुरु भएको थियो । त्यसक्रममा आक्रोशित भीडले खाली मतपेटिका तोडफोड गरेपछि मतदान समेत स्थगित भएको थियो ।
सर्वदलीय बैठकपछि अहिले मतदान पुनः सुरु भएको छ । साँझ ५ बजेसम्म तोकिएको मतदानको समय तीन घण्टा थपेर ८ बजेसम्म पुर्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4