
फाइल तस्वीर
३० वैशाख, वीरगञ्ज । पर्सामा दिउँसो ३ बजेसम्म करिब ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले वर्षाका कारण ठोरी गाउँपालिका र जगरनाथपुर गाउँपालिकामा भने आधा घण्टा ढिलो गरी मतदान सुरु भएको जानकारी दिए । जिल्लाका सबै केन्द्रमा शान्तिपूर्ण ढंगले उत्साहजनक रुपमा मतदान भइरहेको उनले बताए ।
१४ स्थानीय तह रहेको पर्सामा ३ लाख ३९ हजार ८३६ मतदाता छन् । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार १४ स्थानीय तहमा कुल १ लाख ९१ हजार ५३७ पुरुष, १ लाख ४८ हजार २८३ महिला र १६ जना अन्य मतदाता छन् । १६७ मतदानस्थलमा ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4