
विजय स्मारक मावि मतदान केन्द्रको बन्द गरिएको गेट । तस्वीर : चन्द्र आले/अनलाइनखबर
३० वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको मतदानको समय सकिएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको थियो ।
तर ५ बजेभित्र मतदान केन्द्रको मूल ढोकाभित्र प्रवेश गरेकाहरुले भने मतदान गर्न पाउने छन् । मतदान केन्द्रहरूको ढोका अहिले बन्द गरिसकिएको छ ।
काठमाडौंको रत्नराज्य मावि बानेश्वरमा समय सकिइसक्दा पनि मतदाताको लाइन छ । त्यसको नजिकै रहेको मध्यबानेश्वरस्थित भ्याली भ्यू स्कूल केन्द्रमा भने मतदान सम्पन्न भएको छ ।
डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयमा पनि मतदान सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4