
३० वैशाख, विराटनगर । विराटनगर महानगरपालिकामा सर्वदलीय बैठकपछि मात्रै मतगणनाको समय निर्धारण गरिने भएको छ । मतदान स्थलबाट मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने र छलफलपछि मतगणनाको समय निर्धारण गरिने भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मतपेटिका संकलनपछि आजै सर्वदलिय बैठक बस्नेछ । ‘मतपेटिका संकलनपछि गणनाको विषयमा छलफल हुन्छ,’ उनले भने,‘ आजैबाट गणना हुने सम्भावना न्यून छ ।’ विराटनगरको मतगणना आदर्श स्कुलमा हुनेछ ।
जिल्ला प्रशासन कार्यालय मोरङले भने आजैदेखि मतगणना सुरु गर्न निर्वाचन कार्यालयलाई सुझाव दिएको थियो । ‘हामीले शान्ति सुरक्षाको व्यवस्थापन गर्ने हो,’ मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले भने, ‘मतगणना निर्वाचन अधिकृतको कार्यालयले गर्ने हो, हामीले आजै रातिबाट सुरु गर्न सुझाव दिएका छौं ।’
विराटनगरमा शुक्रबार बेलुका ४ बजेसम्म ६० प्रतिशत मतदान भएको थियो । महानगरमा १ लाख ३३ हजार मतदाता छन् ।
प्रतिक्रिया 4