
३० वैशाख, सुर्खेत । सुर्खेतमा हावाहुरीले रूख ढाल्दा एक जनाको मृत्यु भएको छ ।
वीरेन्द्रनगर नगरपालिका-२ स्थित रानीघाटका ६२ वर्षीय लालबहादुर पुलामीको रुखले किचेर मृत्यु भएको हो ।
सुर्खेतका प्रहरी प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीका अनुसार शुक्रबार दिउँसो ३ बजे चट्याङसहित आएको हावा हुरीले सिमलको रूख ढलाएको थियो ।
सोही रूखले किचेर पुलामीको मृत्यु भएको डीएसपी घर्तीले बताए । ‘घटना स्थलमा प्रहरी गएको छ, घटनाबारे थप विवरण लिने काम भइरहेको छ’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4