
३० वैशाख, तनहुँ । नेकपा एमाले र मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले तनहुँको व्यास नगरपालिका वडा नं. ८ को फेदी केन्द्रमा पुन मतदान गराउन माग गरेका छन् ।
यो केन्द्रमा निरीक्षणका लागि पुगेका जोशीमाथि आक्रमण भएको थियो ।
एमालेकातर्फबाट राजेश्वर ढकाल र जोशीले संयुक्त विज्ञप्ति निकालेर यो केन्द्रमा फेरि मतदान गराउन माग गरेका हुन् ।
मेयर उम्मेदवार बैकुण्ठ न्यौपाने पक्षधर व्यक्तिले बुथमा एकलौटी रुपमा मतदान गरिरहेको हुँदा त्यसलाई रोक्न माग गर्दा जोशीमाथि आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुले फेदी केन्द्रको मतदान रद्ध गरी त्यहाँ फेरि चुनाव गराउन र दोषिलाई कारबाही गर्न माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4