
३० वैशाख, गुल्मी । स्थानीय तहको निर्वाचनमा गुल्मीमा ६२ दशमलव ५५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी माया कुँवरका अनुसार बिहान ७ बजेदेखि ५ बजेसम्म भएको मतदानमा उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ ।
१२ स्थानीय तहको ९३ वटा वडामा रहेका मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न थालिएको उनले बताइन् । मतपेटिका संकलन हुनासाथ स्थानीय तहको राजनीतिक दलको सर्वपक्षीय सहमति अनुसार मतगणना गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
गुल्मीमा ४ सय ८९ जना जनप्रतिनिधिका लागि एक हजार २४३ जना चुनावी मैदानमा छन् । निर्वाचनको लागि जिल्लामा दुई लाख २४ हजार २७६ जना मतदाता रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4