
३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना शनिबार विहानबाट मात्रै सुरु हुने भएको छ । मतगणनाबारे निर्णय लिन बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले शनिबार विहान ८ बजेबाट मत गन्न थाल्ने निर्णय गरेको दलका प्रतिनिधहरूले जानकारी दिएका छन् ।
मतपेटिका राष्ट्रियसभा गृहमा संकलन गरेलगत्तै सर्वदलीय बैठक बसेको थियो । बैठकमा सहभागी नेपाली कांग्रेस प्रतिनिधि प्रश्नमान श्रेष्ठका अनुसार एउटा दलले हरेक बुथमा एक जना प्रतिनिधि राख्न पाउने छन् भने स्वतन्त्र उम्मेदवारहरुको तर्फबाट ५ जना रहनेछ ।
काठमाडौंमा ३ लाख २४२ मतदाता छन् । तर, करिव ५२ प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4