
३१ वैशाख, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले सुरुवाती अग्रता लिएको छ ।
नगरपालिकाको वडा नं. एकको ७ सय ९२ मत गन्दा कांग्रेसका इस्तियाक अहमद खानले ३९१, राप्रपाका सागरप्रताप राणाले १६५ र एमालेका डा.रामप्रसाद बस्यालले ६२ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी कमला थापाले १२७, जनता समाजवादी पार्टीकी आस्मा खातुनले १४४ र राप्रपाकी विनिता गुप्ताले १०७ मत ल्याएकी छन् ।
वडा अध्यक्षमा नेपाली कांग्रेसले ४१६, जसपाले १६५ र एमालेले ४८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4