+
+

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्षमा एमालेका विष्ट विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ८:४१

३१ वैशाख, काठमाडौं । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अध्यक्षमा पुनः नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् । अध्यक्ष विष्ट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार छिरिङ ल्हामो गुरुङ विजयी भएका छन् । ६८९ महितसहित विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का देवबहादुर गुरुङले १८५ मत पाए ।

उपाध्यक्ष निर्वाचित गुरुङले ६४१ मत पाइन् । उनकी प्रतिद्वन्द्वी उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाएकी छिन् । लोघेकर दामोदरकुण्डमा ९८० मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?