+
+

कागेश्वरी मनोहरामा एमालेले कांग्रेसलाई उछिन्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १०:४१

३१ वैशाख, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवारलाई नेकपा एमालेले उछिनेको छ ।

५०२ मत गणना हुँदा एमालेका मेयर उम्मेदवारले २३८ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार २३२ मत सहित एमालेलाई पछ्याएका छन् । दुई प्रतिस्पर्धीबीच ६ मतको अन्तर छ ।

उपमेयरमा एमालेले सुरुदेखि नै अग्रता लिएको छ । उपमेयरमा एमाले उम्मेदवारले २४० ल्याउँदा माओवादी केन्द्रका उम्मेदवारले १२६ मत पाएका छन् ।

यस पालिकामा कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर तालमेल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?