
३१ वैशाख, सर्लाही । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका वडा नं. १ को वडाध्यक्षमा नेपाली कांग्रेसका नवलकिशोर यादव निर्वाचित भएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजकिशोर राय यादवलाई ११ मतान्तरले पराजित गर्दै यादव वडाध्यक्षमा निर्वाचित भएका हुन् । सो वडाको वडा सदस्यमा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
वडाध्यक्षमा निर्वाचित भएका नवलकिशोरले ४२३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी राजकिशोरले ४१२ मत ल्याए ।
वडा नं. १ को मतगणना सकिँदा नगर प्रमुखमा पनि कांग्रेसले नै अग्रता लिएको छ । कांग्रेसका नागेन्द्र रायले ४५५ मत ल्याउँदा प्रतिस्पर्धी जसपाका निरसल साहले ३६६ मत पाएका छन् । उपप्रमुखमा कांग्रेसकै सकुन्तलादेवीले ४१८ मत ल्याउँदा जसपाकी पानोदेवीले ३७३ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4