
बिहीबार साँझ मलयालम अभिनेत्री सहानाले आफ्नो २२ औं जन्मदिन मनाएकी थिइन् । तर, अर्को दिन उनी घरकै बाथरुममा मृत्त भेटिइन् । सहानाका आमाबुवाले यसलाई अस्वभाविक र रहस्यमयी मृत्यु भन्दै उनीमाथि घरेलु हिंसा भएको आरोप लगाएका छन् । यो घटनालाई लिएर स्थानिय प्रहरीले अभिनेत्रीका पति सज्जादलाई हिरासतमा राखेको छ ।
सहानाकी आमाले छोरी घरेलु हिंसाको शिकार भएको र आफुलाई बारम्बार दुखेसो सुनाउने गरेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘छोरीलाई उनका पति सज्जादले मदिरा पिएर कुटपिट गर्ने गर्थे ।’ सज्जाद मात्र नभई उनकी आमा र बहिनीले समेत आफ्नी छोरीलाई प्रताडित गरेको उनले बताएकी छिन् । आफुले छोरीलाई सम्बन्ध विच्छेद गरेर अलग बस्न सुझाएकी बताउँदै उनले भनेकी छिन्, ‘मेरो छोरीको हत्या नै भएको हो ।’
सहाना र सज्जादको विवाह करीब डेढ बर्षअघि भएको थियो । सज्जादको परिवार आर्थिक समस्यामा थियो । यसअघि सहाना आफुमाथि घरेलु हिंसा भएको भन्दै उजुरी दिने तयारीमा थिए । यद्यपि नजिकका साथीभाईले सम्झाएपछि उनले उजुरी दिइनन् ।
केही समय अघि मात्र सहानाले एक फिल्ममा काम गरेकी थिइन् । फिल्मबाट प्राप्त पारिश्रमिकलाई लिएर पनि पति-पत्नीबीच झगडा भएको बताइन्छ ।
प्रतिक्रिया 4