
मतगणना स्थल
३० वैशाख, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका प्रल्हाद बुढाथोकीले अग्रता लिएका छन् ।
१९९ मतगणना हुँदा बुढाथोकीले ६४ मत ल्याएका छन् । बुढाथोकी माओवादी र एकीकृत समाजवादीका साझा उम्मेदवार हुन् ।
नेपाली कांग्रेसका बासुदेव ५२ मत ल्याएर बुढाथोकीलाई पछ्याइरहेका छन् । नेकपा एमालेका मेयरका उम्मेदवार गोविन्द महतले भने ३६ मत ल्याएका छन् ।
उपमेयरमा कांग्रेसकी कल्पना पाख्रिनले ४६ मत ल्याएकी छन् । नेकपा एमालेकी सरसरी माया थिङले ३८ मत ल्याएकी छन् । माओवादी–समाजवादी गठबन्धनबाट उमेयरकी उम्मेदवार गोविन्द अधिकारीले १० मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4