
खडक नगरपालिकाको मतगणना स्थल
३१ वैशाख, सप्तरी । सप्तरीको खडक नगरपालिकाको मेयरमा जनता समाजवादी (जसपा)का उम्मेदवार हेमायु हकले अग्रता लिएका छन् । १०० मतगणना हुँदा हकले ३९ मत ल्याएका छन् ।
मेयरका लोकतान्त्रिक समाजवादी (लोसपा)का ननु चौधरीले ३५ मत ल्याउँदा नेकपा एमालेका इन्द्रकुमार चौधरीले ९ मत ल्याएका छन् ।
मेयरमा नेपाली कांग्रेसका सिताराम साहले ८, नेकपा माओवादी केन्द्रका जयप्रकाश चौधरीले २ र जनमत पार्टीका सरतलाल साहले १ मत ल्याएका छन् ।
उपप्रमुखमा भने लोसपाकी पिंकीकुमारी साहले अग्रता लिएकी छन् । उनले ४५ मत ल्याएकी छन् ।
उपमेयरमा जसपाकी रिताकुमारी चौधरीले ३५, नेकपा एमालेकी सुनिता देवी साहले १० र नेपाली कांग्रेसकी यासमिन सुल्तानले ४ ल्याएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4